लक्ष्मण बस्नेत, तुलसीपुर २७ माघ । तुलसिपुर उपमहानगरपालिका स्तरीय दोस्रो तथा १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधी गोरखा मावि तुलसीपुरले हात पारेको छ ।
तुलसिपुर उपमहानगरपालिकाको आयोजना तथा सहिद स्मृति आबासीय बिद्यालय तुलसीपुर १७ बनकट्टी को संयोजनमा संचालीत प्रतियोगिताको सोमबार सम्पन्न प्रतियोगितामा कुल १३ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै लगातार ४ बर्ष जित कब्जा गर्दै गोरखा मावि तुलसिपुरले उपाधी चुम्न सफल भएको हो । त्यस्तै ज्ञानज्योती सेकेण्डरी स्कुल तुलसीपुर ६ स्वर्ण, १० रजत र ६ कास्य पदक का साथ दोस्रो स्थान हात पार्दा महेन्द्र मावि तुलसीपुर ३ स्वर्ण, १ रजत र २ कास्य पदकका साथ तृतिय भयो ।
त्यस्तै गुरुजजुर मावि रक्षाचौर २ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित सान्त्वना स्थान हात पार्न सफल भएको प्रतियोगिताका सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिनुभएको छ । यसैबिच प्रतियोगिता को समापन समारोह तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्यको अध्यक्षता तथा शिक्षा मन्त्रीका प्रमुख राजनितिक सल्लाहकार जीवन गौतमको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रमको संचालन प्रतियोगिताको संयोजनको जिम्मा पाएको बिद्यालयका प्रधानाध्यापक नारायण पौडेलले गर्नुभएको थियो ।