२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बबईको चरकमटियामा प्रतिक्षालय उद्घाटन

बबई २८ माघ । बबई गाउँपालिका वडा नं. ७ चरकमटियामा प्रतिक्षालय उदघाटन गरिएको छ । वुवा रिठे राना र आमा भुइली रानाले स्वर्गिय साईंला छोरा मनविर रानाको सम्झनामा स्थापना गरेको प्रतिक्षालयको उद्घाटन गरिएको हो ।

बबई गाउँपालिकाका कार्यपालिका सदस्य रूपा राना र नेकपा बबई वडा ७ का अध्यक्ष कृष्ण चौधरीले संयुक्त रूपमा प्रतिक्षालयको उद्घाटन गरेका हुन्। गत बर्ष २०७६ साल माघ ११ गते ओदालेमा ट्याक्टर दुर्घटनामा परी रानाको निधन भएको थियो । प्रतिक्षालय करिव डेढ लाखको लगानीमा निर्माण गरिएको छ ।