२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

शान्तिनगर ३ मा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

शान्तिनगर, २८ माघ । शान्तिनगर गाउँपालिकामा वडा नं ३ मा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । शान्तिनगर गाउँपालिका वडा नं ३ को आयोजनामा सोमबारदेखि खेलकुद प्रतियोगिता सुरु भएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिता वडा नं ३ का वडा अध्यक्ष बुद्धिराम तिवारीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष डाँगीले खेल र खेलाडी राष्ट्रको गहना भएको बताए । खेलकै माध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनका खेलाडीहरुले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले खेल क्षेत्रको संरक्षण र खेलाडीहरुलाई हौसला प्रदान गर्नका लागि राष्ट्रले लगानी लगाउन जरुरी रहेको औँल्याए ।


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विश्वकर्मा, विपी मावि बयालेका व्यवस्थापन समिति अध्यक्ष शशिधर केसी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवीलगायतले खेल क्षेत्रको महत्व र आवश्यकताका बारेमा चर्चा गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा भलिबल, फुटबल र कराँते प्रतियोगिता हुने कार्यक्रम संयोजक गणेश डाँगीले जानकारी दिए । दिल बहादुर के.सी.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण थम्मन कँडेलले गरेका थिए ।

प्रतियोगितामा सोमबार कराँते प्रतियोगिता सम्पन्न भएको छ भने मंगलबारदेखि फुटबल र भलिबल प्रतियोगिता सुरू हुने बताईएको छ । प्रतियोगिता बुधबारसम्म हुने छ ।