२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

हापुरे महोत्सव आजबाट सुरु, उद्घाटन सांसद केसीले गर्ने

हापुरे, २८ माघ । आजदेखि पश्चिमदाङको हापुरेमा पर्यटन तथा व्यापारिक महोत्सव सञ्चालन हुँदैछ । ‘कला र संस्कृतिलाई संरक्षण गरौ, भ्रमण बर्ष २०२० लाई सफल पारौं घुम्न जाऔं हापुरे’ भन्ने मुल नाराका साथ बबई समृद्धि युवा क्लवको आयोजना र बबई मगर एकता युवा क्लव हापुरेको मुल आयोजनामा सञ्चालन हुन महोत्सवको उद्घाटन प्रतिनिध सभा सदस्य हिराचन्द्र के.सी.ले गर्नुहुने भएको छ ।

महोत्सवको तयारी पुरा भएको व्यवस्थापक रोहन पुनले जानकारी दिनुभयो । स्थानिय विभिन्न जातजाति, धर्मको पहिचान झल्कने झाँकी, जुलुस र्यालि सहित महोत्सव उद्घाटन गरिने पनि पुनले जानकारी दिनुभयो ।

महोत्सवमा स्थानिय स्तरमा उत्पादित बस्तु सहित विभिन्न प्रकारमा १२० वटा स्टल रहने बताइएको छ । महोत्सवमा एक्सन नायक विराट भट्ट, नायिका रेखा थापा देखि चर्चित गायक प्रकाश सपुत र विभिन्न राष्ट्रिय तथा स्थानिय चर्चित कलाकारको धमाकेदार प्रस्तुति रहने छ । महोत्सवले पश्चिमदाङका धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलको प्रचाप्रसार हुने अपेक्षा लिइएको छ ।