२०७७ मङ्सिर ११ गते बिहिवार
२०७७ मङ्सिर ११ गते बिहिवार

ज्ञानज्योतिको रजत महोत्सवमा मदनकृष्ण श्रेष्ठ आउने

तुलसीपुर, २८ माघ । प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ तुलसीपुर आउने भएका छन् । हाँस्य ब्यङ्गको क्षेत्रका लामो समयदेखि सक्रिय कलाकार श्रेष्ठ ज्ञानज्योति मावि तुलसीपुरले माघ २९ गते मनाउन थालेको रजत महोत्सवलाई सम्वोधन गर्न उनी आउन लागेका हुन ।

प्राचार्य सुरेन्द्र जिसीका अनुसार मदन पुरस्कार पाइसकेकी साहित्यकार निलम कार्की (निहारीका) र कलाकार श्रेष्ठकी छोरी एवम् गायिका सराना श्रेष्ठ समेत उक्त कार्यक्रममा आउने छन् । ज्ञानज्योतिले २५ वर्षदेखि पश्चिम दाङमा शिक्षाको विकाशमा भूमिका खेल्दै आएको छ । हाल उक्त विद्यालयका विभिन्न ठाउँमा गरेर १० वटा शाखाहरु सञ्चालनमा रहेको प्राचार्य जिसीले बताए । ज्ञानज्योतिले प्रकाशन गरेको रजत स्मारिका समेत त्यसक्रममा विमोचन गरिने छ।