२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौं, २८ माघ । नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको एक मन्त्रीले बताए।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि आजदेखि सकिएको छ । खनालसँगै तीन जनै एआइजीले समेत अवकाश पाएपछि प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट सरकारले सिधै आइजिपी नियुक्ति गरेको हो । ज्ञवाली खनालकै वैकल्पिक ब्याचका अधिकारी हुन् । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए।

२०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ज्ञवाली विद्यमान ३० वर्षे सेवाअवधि कायमै रहे पाँच महिना प्रहरी महानिरीक्षकको कुर्सीमा रहने छन्।

एक नम्बर प्रदेशको प्रहरी प्रमुख रहेकै बखत उनी तीस वर्षे सेवाअवधिका कारण खनालको ब्याच विदा भएपछि नयाँ प्रहरी महानिरीक्षक बनेका छन्।