२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशभेला दाङमा

शरद रेग्मी, तुलसीपुर २८ माघ । नेपाल उद्योग वाणिज्य महासंघको ५ नंवर प्रदेशभेला आज मंगलवार तुलसीपुरमा सम्पन्न भएको छ । प्रदेश नंवर ५ का अध्यक्ष गुणनिधि तिवारीको अध्यक्षतामा भएको भेलामा नेपालमा लगानी बर्षको सन्दर्भमा व्यवसायीको भुमीका, नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउने सन्दर्भ, नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको तयारी तथा दाङ जिल्लाको बेलझुण्डिमै आयोजना हुन थालेको प्रदेश नंवर ५ को एक्स्पोलाइ सफल बनाउने, मेला महोत्सवलाइ व्यवस्थापन गर्ने सन्दर्भ लगायतका वषयमा छलफल भएको थियो ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको चैत अन्तिम साता हुन गईरहेको निर्वाचनमा वरीष्ठ उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष, र केन्द्रिय सदस्यहरुको नाम सर्वसम्मत रुपमा प्रस्ताव गरिएको छ । वरीष्ठ उपाध्यक्षमा आइएमइ ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम सर्वसम्मत रुपमा प्रस्ताव तथा अनुमोदन गरेको छ ।

त्यस्तै प्रदेश नंवर ५ का वर्तमान अध्यक्ष गुणनिधि तीवारीको नाम जिल्ला तथा नगर उपाध्यक्षमा सर्वसम्मत रुपमा प्रस्ताव एवं समर्थन गरिएको आतिथ्य शाखा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीर वहादुर रावतले जानकारी दिनुभयो । त्यस्तै केन्द्रिय सदस्यमा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, क्लिन तुलसीपुर÷ग्रिन तुलसीपुरका अभियन्ता, सफल युवा व्यवसायी विमल रिजाल, किशोर आचार्य, कृष्ण प्रसाद श्रेष्ठ र चक्र वहादुर अधिकारीको नाम सिफारीस तथा अनुमोदन भएको छ ।

त्यस्तै प्रदेश नंवर ५ को अध्यक्षमा हेमराज बन्जाडे, शुरेन्द्र श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठको नाम सर्वसम्मत सिफारीस भएका छन् । प्रदेश भेलामा सहभागी ५ नंवर प्रदेशका जिल्ला तथा नगर गरी जम्मा ३६ उद्योग वाणिज्य संघहरुका करीव दुई सय भन्दा बढि उद्योगी व्यवसायीहरुले यी नामहरु सर्वसम्मत रुपमा सिफारीस गरेका थिए ।

सो अवसरमा परासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, तुलसीपुर उद्योग वाज्यि संघका अध्यक्ष वीर वहादुर रावत, बुटवल उद्योग वाणिज्य संघका खिम हमाल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, रोल्पाका विश्व चन्द, रुकुमका प्रकाश मल्ल, बर्दियाका कृष्ण रेग्मी, गुलरीया उवासंघका वीर वहादुर चौधरी, कपिलबस्तुका उमाकान्त पौडेल लगायतले प्रदेश भेलाका विषयमा अआफ्नो जिल्ला उद्योग वाणिज्य संघले गरेका गतिविधि र भावी योजनाका विषयमा प्रकाश पारेका थिए ।