तुलसीपुर, २८ माघ । एन प्याब्सन दाङको पाँचौ जिल्ला अधिबेशन आजदेेेखि तुलसीपुरमा सुरु भएको छ । शैक्षिक विकास संगै अर्थतन्त्रमा समेत निजि क्षेत्रले महत्वपुर्ण भुमिका खेले पनि राज्यले आफुहरु माथी हेर्ने दृष्टिकोणमा विभेद गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।
निजि क्षेत्र लगानी गर्न तयार भएपनि राज्यले विभिन्न बाहानामा बेलाबेलामा ऐन कानुन संसोधनको नाममा विभेद पुर्ण व्यवहार गदै निराशा बनाउने काम गरेको उनीहरुको भनाई थियो ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विश्वकर्मा, एन प्याव्सनका केन्द्रिय सचिव कुशल रानाभाट, केन्द्रिय सदस्यहरु प्रकाश शर्मा, कुवेर बस्नेत, प्रदेश कमिटि अध्यक्ष सुवोधकुमार डाँगी, प्रदेश उपाध्यक्ष विष्णु पौडेल, एन प्याब्सन तुलसीपुर नगरकमिटि अध्यक्ष गिरीराज डाँगी, एन प्याब्सन बाँकेका अध्यक्ष श्याम कुंवर, रुपेन्देहीका अध्यक्ष पुशोत्तम बस्नेत, ललितपुरका सचिव तारा सापकोटा लगाएतले बोलेका थिए ।
साथै कार्यक्रममा पत्रकारिताबाट महत्वपुर्ण सहयोग गरेको भन्दै रिर्पोटस् क्लव दाङका अध्यक्ष शरद रेग्मी, पत्रकारहरु दशरथ घिमिरे, गोपाल शर्मा भट्टराई र खेमराज रिजाललाई सम्मान गरिएको थियो । यस्तै एन प्याब्सनमा आबद्ध जिल्लाका संस्थागत विद्यालय अन्र्तगत भएको प्रतियोगितामा बर्ष उत्कृष्ट २०७६ मा टप फाईभमा पर्न सफल विभिन्न विद्यालयका छात्रछात्रा ५/५ जनालाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रमको सहजीकरण जिल्ला सचिव ठाकुर डाँगीले गरेका थिए । अधिबेशनको बन्द शत्रले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।