तुलसीपुर, २९ माघ । पाँच नम्बर प्रदेश प्रहरी प्रमुख शुरेश विक्रम शाहको एक समारोहबीच विदाइ गरीएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा एक दर्जन जती संघसंस्थाहरुले शाहको विदाइ गरेका हुन् । नेपाल प्रहरीका सेवानिबृत्त भएका डिआइजी शाहको दाङका तुलसीपुरका विभिन्न संघसंस्थाहरुद्धारा बिदाइ गरिएको हो ।
तुलसीपुर उवासंघका अध्यक्ष वीरवहादुर रावतको अध्यक्षतामा भएको विदाइ कार्यक्रममा त्रिसिदेश्वरी राप्ती यातायात प्रालि, दाङ उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ प्रदेश नंवर ५ को कार्यालय, रिपोटर्स क्लव, लायन्स क्लव, लियो क्लव, राप्ती बबई क्याम्पस, सहयोगी बचत तथा ऋण सहकारी, रोटरी क्लव, सामुदायिक प्रहरी, रुकुम उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतका व्यक्तिहरुले प्रदेश प्रहरी प्रमुख शाहलाइ विदाइ गरेका थिए ।
जिल्लामा रहंदा पांच नंवर प्रदेशमा चुस्त शान्तिसुरक्षा कायम गर्न सफल भएकोमा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, वर्तमान अध्यक्ष विरु रावत, सल्लाहकार शुरेश हमाल लगायतले प्रशंसा गरेका थिए । सो अवसरमा बोल्दै प्रदेश प्रमुख शाहले आफ्नो कार्यकालमा शान्तिसुरक्षा काम गर्ने सन्दर्भमा साथ र सहयोग गर्ने सवैलाइ धन्यवाद व्यक्त गरेका थिए ।