२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

राप्तीमा राष्ट्रपति रनिङ शिल्ड र अध्यक्ष कप सूरु

तिर्थराज ज्ञवाली, मसुरिया २९ माघ । यस वर्षको राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्ष कप प्रतियोगिता मंगलवार देखी सुरुभएको छ ।

आर्थिक वर्ष २०७६।०७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार राप्ती गाउँपालिकाको कार्यालयको आयोजनामा राष्ट्रपति रनिंग शिल्ड खेलकूद प्रतियोगिता २०७६ माघ २८, २९ र फाल्गुण १ गते राप्ती गाउँपालिकाको वडा नं ३ स्थीत सिरिचौरखेल मैदान र लालमटियाको टुडिखेलमा सञ्चालन भैरहेको शिक्षा अधिकृत बासुदेव खनालले जानकारी गराउनु भएको छ ।

राष्ट्रपति रनिंग शिल्ड खेलकूद प्रतियोगितामा राप्ती गाउँपालिका अन्तरगतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका आधारभूत तथा माध्यामिक तहका विद्यार्थीहरुलाई सहभागी भएको र अध्यक्ष कप प्रतियोगितामा वडा स्तरिय खेलाडि सहभागी छन् ।
राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा छात्र र छात्रा तर्फ अलगअलग भलिवल, कबड्डी, एथलेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल समाबेस गरिएको छ साथै अध्यक्ष कप प्रतियोगितामा फुटवल खेल समाबेस गरिएको छ ।

मंगलवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षता र जिल्ला समन्वय समितिका उप सभापति श्रीधर पौडेलको प्रमुख आथित्यतामा राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद तथा अध्यक्ष कप प्रतियोगिताको उद्घाटन गरिएको छ ।