सल्यान, २९ माघ । सल्यानमा नेपालीको सेनाको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
सल्यानको सिमखर्क व्यारेकबाट बुटवल जाँदै गरेको लु १ ग १२३ नम्बरको गाडी बुधबार दिउँसो कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको हो। राप्ती लोकमार्गको सल्यान–दाङ सडकखण्डमा भीरबाट गाडी खस्दा नेपाली सेनाका जमदार यादव भरेलको मृत्यु हुनुका साथै ६ जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी जयप्रसाद बोहरा, विशाल गुरुङ, विपीन श्रेष्ठ, मोहनलाल थापा रोशन हिटन र इश्वर सिलवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइतेहरूको दाङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।