२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

ज्ञानज्योति माविको रजत महोत्सव

तुलसीपुर, १ फागुन । तुलसीपुरमा रहेको ज्ञानज्योति मावि २५ वर्षमा प्रवेश गरेको छ । २०५१ सालमा स्थापना भएको विद्यालयले विशेष समारोहको आयोजना गरेर रजत महोत्सव मनाएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले संस्थागत विद्यालयले सामाजिक दायित्व पुरा गर्न लागेकोमा धन्यवाद दिएका थिए ।

उनले धेरै नम्वर ल्याउने भन्दा पनि सृजनात्मक र असल विद्यार्थीको खाँचो रहेको तर्फ इङ्गित गर्दै विद्यालयले असल विद्यार्थी उत्पादनमा ध्यान दिनुपर्ने वताए । सामाजिक कामले मानिसलाई समाजमा अगाडि वढाउने समेत उनको कथन थियो ।

कार्यक्रममा वोल्दै विशिष्ट अतिथि साहित्यकार निलम कार्की निहारीकाले भोलि वालवालिका कस्तो हुने भन्ने विद्यालय कस्तो छ भन्ने कुराले निर्धारण गर्ने वताइन् । उनले वालवालिकाहरुलाई विद्यालयमा सृजनात्मक वातावरण निर्माणमा ध्यान दिनुपर्ने कुरामा जोड दिइन् । मदन पुरस्कार समेत प्राप्त साहित्यकार कार्कीले विद्यालयले गरेको परोपकारपूर्ण कामको समेत प्रशंसा गरेकी थिइन् ।

कार्यक्रममा महेन्द्र वहुमुखी क्याम्पसमा पूर्व प्रमुख नारायणसिंह गुरुङ्ग, साहित्यकार जयन्ता सत्याल, त्रिसिद्धेश्वर्री राप्ती प्रालिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्री, प्याब्सन दाङ्गका वरिठ उपाध्यक्ष मधुसुदन केसी, एनप्याब्सनका प्रथम उपाध्यक्ष भोजराज न्यौपाने,पत्रकार महासंघकी सहसचिव शर्मिला डि.सी, तुलसीपुर खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष खेमराज वली लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

संस्थापक अध्यक्ष टिकावहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी सोनाली गुप्ताले स्वागत गरेकी थिइन् । कार्यक्रममा विद्यालयका विभिन्न गतिविधिलाई समेटेर तयार पारिएको ज्ञानज्योति स्मारिकाको समेत विमोचन गरिएको थियो ।