बंगलाचुली, १ फागुन । बंगलाचुली गाउँपालिकाले आज फागुन १ गते सार्बजनिक बिदा दिएको छ । बंगलाचुलीले एक प्रेस बिज्ञप्ती जारी गरी आज जनयुद्ध दिवसका अबसरमा बिदा दिने जनाएको हो ।
बंगलाचुली गाउँकार्यपालिकाको बैठकले फागुन १ गते सार्बजनिक बिदा दिने निर्णय गरेको छ । फागुन १ गते गाउँपालिका तथा पालिका अन्तर्गतका सरकारी कार्यालय, शिक्षण संस्थामा स्थानीय बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले जानकारी दिनुभएको छ ।