२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

आज २५औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १ फागुन । तत्कालिन नेकपा माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयुद्धको २५औं दिवस आज मनाइँदैछ।

जनयुद्ध शुरू भएको दिनलाई स्मरण गर्दै पूर्वमाओवादीबाट विभाजन भएका, जनयुद्धमा संलग्न नेता, कार्यकर्ता र शहीद परिवारले यो दिवस मनाउने गर्छन्। सिन्धुली र गोरखालगायत केही जिल्लाका बैंक तथा प्रहरी पोष्टहरु कब्जा गर्दै शुरू भएको जनयुद्धकै कारण नेपालमा राजतन्त्रको अन्त्य भएको थियो। द्वन्द्वरत माओवादी तथा संसदवादी सात राजनीतिक दलहरुबीचको सम्झौता पश्चात २०६२/६३ मा भएको जनआन्दोलनबाट प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो। पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकले नेपालबाट राजतन्त्र अन्त्य भएको घोषणा गरेको थियो।

अन्तरिम संविधान, पहिलो र दोस्रो संविधानसभा, संविधान घोषणा, स्थानीयरप्रदेशरसंघको निर्वाचन हुँदै नेपाल अहिले राजनीतिक संक्रमणको दायराबाट क्रमशः बाहिर निस्कँदैछ। जनयुद्धको नेतृत्व गरेका तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साविकको एमालेसँग पार्टी एकीकरणपश्चात हाल सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष छन्। जनयुद्ध सञ्चालन गर्ने मातृ पार्टी नेकपा माओवादी पटक/पटक पुनर्गठन र विघटन व्यहोर्दै अहिले विभिन्न समूहहरुमा टुक्रिएको छ।

मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लवदेखि गोपाल किराँतीसम्मले पूर्व माओवादी आन्दोलनकै पृष्ठभूमी समात्दै फरक समूहहरुबाट राजनीति अघि बढाएका छन्। १० बर्षसम्म चलेको हिंसात्मक शसस्त्र विद्रोहका क्रममा करिब १७ हजार नेपालीहरुले ज्यान गुमाएको थिए।