२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

हाउजिङ निर्माणस्थलमा दुर्घटना हुँदा कुवेतमा चार नेपालीको मृत्यु

काठमाडौं, १ फागुन । कुवेतको अल मुतलाको हाउजिङ निर्माणस्थलमा बम पड्काएर ढुंगा फुटाउने क्रममा चार नेपालीको मृत्यु भएको छ।

३ जना हराइरहेका छन् भने ३ जना गम्भीर घाइते भएको अरबटाइम्सले जनाएको छ । वेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य चलिरहेको छ। मजदुरहरु खाडलमा पसेर काम गरिरहेका बेला ढुंगा फुटाउन बम पड्काउँदा ठूलठूला ढुंगासहितको पहिरो आएर उनीहरुलाई पुरेको थियो।

खाडलमा १३ नेपाली र एक भारतीय मजदुर रहेको बताइएपनि यकिन संख्या बाहिर आएको छैन।