२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

वडा कार्यालय भवनको शिलान्यास

मसुरीया, १ फागुन । राप्ती गाउँपालिका वडा नं २ को वडा कार्यालय सञ्चालनका लागि निर्माण सुरु गरिएको वडा कार्यालय भवनको आज शिलान्यास गरिएको छ ।

धार्मीक मन्त्र उच्चारणका साथ सुसासन कायम गर्न र नागरिकको सेवाको लागि भवन समयमै सम्पन्न भै सेवा प्रवाहमा सहज होस् भन्ने कामना गर्दै शिलन्यास गरिएको हो । ९ कोठे भुकम्प रहित भवन निर्माणको जग हाल्नु पुर्व राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी तथा वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापाले संयुक्त रुपमा शिलन्यास गर्नु भएको हो ।

करिव ९० लाख लागतमा टेन्डर प्रक्रियामा आरजि निर्माण सेवा प्युठानले निर्माणको जिम्मा पाएको वडा भवन आगामी पुष मसान्त सम्म सम्पन्न गरिसक्ने निर्माण कम्पनीका प्रतिनिधि कमल घर्ति मगरले जानकारी दिनुभएको छ ।