मसुरीया, १ फागुन । राप्ती गाउँपालिका वडा नं १ मा तिन महिने र दुई महिने गरि दुई चरणको कटाई सिलाई तालिमको सुरुवात गरिएको छ ।
राप्ती गाउँपालिका वडा नं १ को स्वकिृत वार्षिक कार्ययोजना र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतको गरी दुई स्थानको तालिमको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले उद्घाटन गर्नुभएको हो ।
साथै गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत र वडा नं १ का गरिव विपन्न महिलाहरुको सिप अभिबृद्धि गर्ने उद्देश्यका साथ तालिमको सुरुवात गरिएको वडा सदस्य श्यामलाल पोखे्रलले जानकारी दिनुभएको छ । कटाई सिलाई तालिमको उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्ष तारा बहादुर डि.सी. लगायतकाले तालिममा सहभागीहरुलाई सफलताको सुभकामना दिनु भएको छ ।