२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

रोल्पाको होलेरीमा आज देखि राष्ट्रिय मिडिया सम्मेलन सुरु

शरद रेग्मी, होलेरी १ फागुन । रोल्पाको होलेरीमा आज देखि राष्ट्रिय मिडिया सम्मेलन सुरु भएको छ । रुन्टीगढि गाउँपालिकाको आयोजनामा आज देखि सुरु भएको मिडिया सम्मेलनमा बिभिन्न जिल्ला र काठमाण्डौंबाट बरिष्ठ पत्रकारको सहभागिता रहेको छ ।

मिडिया सम्मेलनको उर्जा मन्त्रि बर्षमान पुनले उद्घाटन गरेका छन । सो अबसरमा मन्त्रि पुनले महान जनयुद्दको अन्त्य सँगै आर्थिक समृद्धिको सुरुवात भएको बताएका छन । उनले ५२ सालमा आफ्नै कमाण्डमा होलेरीबाट सुरुभएको जनयुद्दले मुलुकमा आमुल परिबर्तन ल्याउन सफल भएको बताए ।

दुई दिन सम्म सन्चालन हुने मिडिया सम्मेलनले राज्यको ध्यान रोल्पामा केन्द्रित हुने छ । रुन्टीगढि गाउँपालिकाका अध्यक्ष बलबहादुर बुढाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थानिय सरकार प्रमुख, पत्रकार, सुरक्षा निकाय र स्थानियको बाक्लो उपस्थिति रहेको थियो । सम्मेलनमा होलेरी आक्रमण, सन्चार र सम्बृद्दि,रोल्पा जिल्लाको पत्रकारिताको नालिबेलि, होलेरिको पर्यटन, रोल्पाको सेरोफेरो लगायत दर्जन बढि बिषयमा ब्यापक छलफल गरिने छ ।