२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

बाँके-बर्दियालाई कर्णालीमा समायोजनबारे छलफल

नेपालगन्ज, १ फागुन  । सार्वजनिक सरोकार अभियानले बिहीबार नेपालगन्जमा बाँके–बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नेबारे छलफल कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणाले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षहरु कर्णालीसँग मिल्दोजुल्दो भएकाले बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश ५ को राजधानी नेपालगन्ज हुने सम्भावना सकिएकाले अब कर्णाली प्रदेशमा जानुको विकल्प नरहेको जिकिर गर्नुभयो ।

नेपालगन्जलाई पूर्वमा राप्ती नदी किनार, पश्चिममा मानखोला किनार उत्तरमा कोहलपुर क्षेत्र र दक्षिणमा जमुनाहासम्म क्षेत्रफल विस्तार गरेर महानगर बनाउनु पर्नेमा पनि उहाँको जोड थियो ।