२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

हापुरे महोत्सवमा आज शक्ति चन्द र भटभटे माईला आउँदै

हापुरे, २ फागुन । माघको २८ गतेखि पश्चिमदाङको हापुरेमा सुरु भएको पर्यटन तथा व्यापारिक महोत्सव दर्शकहरुको उल्लेख्नीय सहभागीताका साथ सञ्चालन सञ्चालन भईरहेको छ । ‘कला र संस्कृतिलाई संरक्षण गरौ, भ्रमण बर्ष २०२० लाई सफल पारौं घुम्न जाऔं हापुरे’ भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सवमा राष्ट्रिय रुपमा ख्यातीप्राप्त कलाकारहरु तथा स्थानीय कलाकारहरुले पनि बेजोड प्रस्तुती दिइरहेका छन् ।

बबई समृद्धि युवा क्लवको आयोजना र बबई मगर एकता युवा क्लव हापुरेको मुल आयोजनामा सञ्चालन भएको महोत्सवमा आज फागुन २ गते राष्ट्रिय रुपमा चर्चित लोकगायक शक्ति चन्द, हाँस्य कलाकार भटभटे माईला र स्थानीय कलाकारहरुको प्रस्तुती रहने महोत्सव मुल आयोजक समितीले जनाएको छ ।