२०७७ मङ्सिर ११ गते बिहिवार
२०७७ मङ्सिर ११ गते बिहिवार

दोस्रो डिभाईन ईन्टर स्कुल टि–२० क्रीकेट हुने

लक्ष्मण बस्नेत, दाङ २ फागुन । दाङमा दोस्रो डिभाईन ईन्टर स्कूल टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । डिभाईन टेम्पल एकाडेमी तुलसिपुरको आयोजनामा अरनिको मैदान तुलसीपुरमा फागुन ८ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको छ ।

स्कूल स्तरमा खेलकुदको पहुँच विस्तार गर्न तथा नव प्रतिभाहरुलाई क्रिकेटमा स्थापित गर्न प्रतियोगिता आयोजना गर्न लागिएको प्रिन्सिपल भोजराज न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद ३० हजार र उपबिजेताले नगद १५ हजार साथमा ट्रफी,मेडल तथा प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रतियोगितामा पश्चिम दाङका निजी र सामुदायिक बिधालयका गरि १२ टिमको सहभागिता रहने छ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत बिद्यार्थी सहभागि हुने पाउने छन् । खेल लिग कम नकाउटका आधारमा खेलाईने छ ।  फागुन ६ गतेसम्म टिम दर्ता गर्न पाउने समय सीमा तोकिएको छ ।