२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

प्रदेश ५ र बुटवल उपमहानगरको स्थापना दिवस संयुक्त रुपमा मनाइने

बुटवल, २ फागुन । प्रदेश ५ को दोस्रो र बुटवल उपमहानगरपालिकाको ६१औँ स्थापना दिवस संयुक्त रुपमा मनाइने भएको छ।

६१ वर्षअघि फागुन ३ गतेकै दिन बुटवल उपमहानगरपालिकाको स्थापना भएको थियो भने, दुई वर्षअघि सोही दिन प्रदेशको स्थापना भएको हो । प्रदेश र उपमहानगरको स्थापना दिवस एकै दिन परेकाले गतवर्षदेखि बुटवलमा संयुक्त रुपमा दिवस मनाउन सुरु गरिएको थियो । गत वर्ष बुटवलमा वृहत्त जनचेतना र्‍याली, सांस्कृतिक झाँकीसहित बुटवल मण्डपमा विशेष समारोह भएको थियो। यस वर्ष पनि दुवै सरकारले संयुक्त रुपमा दिवस मनाउन लागेका हुन् ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रदेश ५ र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा दिवस मनाउन लागेको जानकारी गराएको छ। मन्त्रालयमा बैठक बसेर स्थापना दिवसलाई यस वर्ष पनि संयुक्त रुपमा भव्य तरिकाले मनाउने निर्णय भएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।

स्थापना दिवसको मूल समारोह भने फागुन ३ गते हुनेछ। बुटवल बहुमुखी क्याम्पसको खेल मैदानमा विशेष कार्यक्रमको आयोजना गरिएको बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए। भुवाप्रसाद लुइँटेलले जानकारी दिए।