२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं, २ फागुन । नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको छ।

बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै नेपाली कांग्रेसले नेकपा अध्यक्ष दाहालले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको भूमिकालाई अर्थहीन ढंगले प्रस्तुत गरेको भन्दै आपत्ति जनाएको हो।

२५ औँ जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले ‘गिरिजाप्रसाद कोइरालाले अझै ठूला आक्रमण गरिदिनुपर्‍यो, ठूल्ठूला फौजी आक्रमण गर्नुपर्‍यो, सदरमुकाम नै हान्नुपर्‍यो भनेर मलाई भन्नुहुन्थ्यो, यही विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र संस्थागत गर्न सफल भएका हौँ’, भनेका थिए।

कांग्रेसले दाहालको उक्त अभिव्यक्ति अराजनीतिक भएको भन्दै जिम्मेवार अभिव्यक्तिका लागि सजग हुन आग्रह गरेको छ।