२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बाल अधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता

तुलसीपुर, २ फागुन । तुलसीपुर उपमहानगरपालिका ११ नम्बर वडाका सरोकारवालाहरुले वडा भित्र बाल अधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

तुलसिपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास साखाको आयोजना, तुलसिपुर ११ नम्बर वडा कार्यालयको समन्बय तथा युनिसेफको सहयोगमा आयोजित बाल बिबाह तथा बाल श्रम विरुद्ध अन्तर्कृया कार्यक्रममा सहभागी जनप्रतिनिधि, बालबालिका, शिक्षक प्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी तथा अन्य सरोकारवालाहरुले समुन्नत समाज र बालबालिकाहरुको उज्योल भबिस्यका लागि बाल अधिकार संरक्षण सम्बन्धि कार्ययोजना निर्माण गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिक तथा सामाजिक बिकास साखा अधिकृत माया श्रेष्ठले सहजीकरण गर्नु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बालबालिकासंग सरोकार राख्ने सबै संस्थाहरुमा बालबालिकाहरुको प्रतिनिधित्व बनाइनुपर्नेमा जोड दिएका थिए । साथै बालश्रम नियन्त्रण गर्न सकिने अबस्थामा रहेपनी बालबिबाह नियन्त्रण गर्न चुनौती रहेकाले बाल अधिकार अभियान यसतर्फ बढी केन्द्रित हुनुपर्ने सहभागिहरुले धारणा राखेका थिए ।

कार्यक्रममा तुलसीपुर ११ नम्बर वडाका अध्यक्ष चित्र बहादुर वलि, वडा सदस्यहरु घनश्याम गौतम, सुबास डाँगी, निर्मा चौधरी, तुलसिपुर ११ कि वडा सचिब अधिकृत लक्ष्मी राना, वडाकी कर्मचारी लक्ष्मी चौधरी, तुलसिपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाकी सहायक महिला निरिक्षक ललिता कँडेल, प्रहरी चौकी जसपुरका प्रमुख प्रहरी सहायक निरीक्षक नेत्र बहादुर नेपाली, चन्द्रोदय बिद्या कुन्जका प्रअ द्रोण बहादुर बस्नेत, अमर माबि की शिक्षिका गोमा बालान क्षेत्रि, आबि कटाहाका प्रअ टंक बहादुर भण्डारी, न्यु शान्ति बोर्डिङ स्कुलका शिक्षक अर्जुन आचार्य, शान्ति आबि नवलपुरका शिक्षक बिष्णु प्रसाद वलि, दङ्गिशरण बोर्डिङ स्कुलका प्रअ बम बहादुर डाँगी, शुक्रेशरी प्राबि का प्रअ शोभाराम भण्डारी, स्थानीय समाजसेबिहरु तिलक बहादुर बस्नेत, गोबर्धन शर्मा, वडा स्तरिय युबा सन्जालका अध्यक्ष दिपक खड्का, बाल सन्जालका सचिब पुष्कर देबकोटा लगायतले धारणा राख्नु भएको थियो ।

यसैबिच तुलसीपुर ११ नम्बर वडा कार्यालयले बाल बिबाहबारे पछिल्लो अबस्था थाहा पाई नियन्त्रणको अभियान अघि बढाउनका लागि तत्काल वास्तविक तथ्यांक संकलन गर्ने योजना रहेको वडा अध्यक्ष चित्र बहादुर वलीले जानकारी गराउनु भएको छ ।