२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

गोरखा माविको खेल सप्ताह सम्पन्न

लक्ष्मण बस्नेत,
दाङ २ फागुन  । गोर्खा माविले तुलसीपुरले आफ्नो साताव्यापी खेल सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । आज एक कार्यक्रममा शिक्षा र खेलकुदमा जिल्ला मै अब्बल रुपमा प्रस्तुत गर्दै आएको बिद्यालयले एथ्लेटिक्स तर्फका ट्रयाक तथा फिल्ड, म्याराथन दौड, छात्र फुटबल, क्रीकेट, स्लो बाईक रेस र जुनियर लेवल तर्फका विभिन्न बिधामा प्रथम, दोस्रो र तृतिय स्थान हाँसिल गर्ने छात्रछात्रालाई पुरस्कार मेडल तथा प्रमाणपत्र प्रदान गरि खेल सप्ताहको समापन गरेको हो ।

गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले देशको समृद्धि नै अब खेलकुद क्षेत्रले निर्धारण गर्ने बताउनुभयो । स्वास्थ्य र समृद्धिको सुचक खेलकुद भएको भन्दै उहाँले यसको विकासमा कन्जुस्याईं नगर्न आग्रह गर्नुभयो । साथै उहाँले शिक्षा र खेलकुद क्षेत्रमा गोर्खा मावि अब्बल रहेको भन्दै विद्यालयको प्रसंसा समेत गर्नुभयो ।

कार्यक्रममा विद्यालयका सल्लाहाकार राप्ती बबई क्याम्पसका अध्यक्ष विष्णुकुमार देवकोटा, १९ नं बाहिनीका मेजर युवराज खत्री, ईलाका प्रहरी कार्यालयका डिएसपी हरिहरनाथ योगी, साहित्यकार तथा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश नं ३ का प्रदेश प्रमुख जयन्ती सत्याल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बिद्यालयका उपाध्यक्ष डोर बहादुर जि.सिको स्वागत रहेको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक कमल भण्डारीले गर्नुभएको थियो ।