२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

सप्तरंगी बोर्डिङ स्कुलको खेल सप्ताहको समापन

लक्ष्मण बस्नेत,
तुलसीपुर २ फागुन । दाङको तुलसीपुर ९ स्थित सप्तरंगी बोर्डिङ स्कुल (सक्सेस)को आयोजनामा भएको खेल सप्ताह सकिएको छ । विद्यार्थीहरुमा रहेको प्रतिभालाई वाहिर ल्याउने विद्यालयले बर्षेनी खेलसप्ताह आयोजना गर्दै आएको छ । उक्त सप्ताहको शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको हो ।

बिद्यालयको १३ औ बार्षिकोत्सवका अबसरमा आयोजित खेलकुद सप्ताहमा ब्लु,एलो,रेड,ग्रीन हाउसबीच कडा प्रतिस्पर्धा भएको थियो ।जसमा ब्लु हाउस च्याम्पियन भएको थियो भने यलो हाउस दोस्रो र रेड हाउस तृतिय भएका थिए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्य एवं बिद्यालय ब्यबस्थापन समितिका सदस्य तथा युवा ब्यबसायी मोहन भण्डारी र खेलकुद पत्रकार मन्च दाङका अध्यक्ष लक्ष्मण बस्नेतको बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि ढकालले खेलकुद मानव जीवनको अभिन्न अंग भएको बताएका थिए ।