२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

चट्याङबाट मृत्यु भएका बालकको परिवारलाई सहयोग

घोराही,
२ फागुन । घोराही उपमहानगरपालिकाले चट्याङ लागेर मृत्युभएका घोराही ११ बाँसगजेरीका एक बालकका परिवारलाई आर्थिक साहेता प्रदान गरेको छ ।

गत माघ २५ गते तरुल खन्ने क्रममा चट्याङ लागेर मृत्युभएका ५ बर्षिय तारा बासुदेव पुरीको परिवारलाई उपमहानगरले नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सातौँ दिनको शुद्धशान्तिका दिनमा आज नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, बिपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामिछाने, वाताबरण तथा बिपत व्यबस्थापन शाखा प्रमुख उमेश शर्माले दिवंगत बालकका आमा विमला पुरीलाई राहत स्वरुप २५ हजार रुपैयाँ सहयोग गरेका हुन ।

रकम हस्तान्तरण गर्दै नगर प्रमुख चौधरी र उपप्रमुख न्यौपानेले बालकको निधन प्रति दुःख व्यक्त गर्दै धैर्यधारण गर्न आग्रह गरे ।