२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

बिजौरी उवासंघको अध्यक्षका लागि तीनजनाको उम्मेद्वारी

बिजौरी,
२ फागुन । बिजौरी उद्योग वाणिज्य संघको फागुन ८ गते हुने निर्वाचनको लागि आज उम्मेद्वारी दर्ता भएको छ । निर्वाचन समितिको कार्यतालिका अनुसार दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेद्वारी दर्ता गर्ने समय निर्धारण गरिएको थियो ।

उम्मेद्वारी दिनेमा नेकपाबाट अध्यक्ष पदमा प्रेमनाथ योगी, बाणिज्य उपाध्यक्षमा पुर्ण बहादुर डाँगी, उद्योग उपाध्यक्षमा राम बहादुर डाँगी, महासचिवमा दुर्गाबहादुर वि.क कोषाध्यक्षमा च्यावन उपाध्याय, सचिवमा यज्ञबहादुर पुन रहेका छन् ।

नेपाली काँग्रेसबाट अध्यक्ष पदमा बिरेन्द्र खड्का, बाणिज्य उपाध्यक्षमा दुर्गा बस्नेत, उद्योग उपाध्यक्षमा बालकृष्ण रेग्मी, महासचिवमा विदुर गौतम, कोषाध्यक्षमा चित्रबहादुर खड्का, सचिवमा दिपककुमार बस्नेत छन् । त्यसैगरी अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार लेखनाथ खत्रीको उम्मेद्वारी दर्ता भएको छ ।

निर्वाचन समितीका अनुसार फागुन ८ गते विहान ८ बजेदेखि सुरु हुने निर्वाचनमा ४ सय ६२ जना मतदाता रहेका छन् ।