२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

देशभर निर्माण आयोजनामध्ये तुलसीपुर वसपार्क उत्कृष्ट

तुलसीपुर,
२ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित नयाँ बसपार्क देशकै उत्कृष्ट हुन सफल भएको छ । नगर विकास कोषको ऋण सहयोगमा मुलुकभर निर्माण भएका विभिन्न १ हजार बढी आयोजनामध्ये यस बर्ष तुलसीपुर आधुनिक वसपार्क उत्कृष्ट आयोजना भएको भन्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई सम्मान गरिएको छ ।

नगर विकास कोषको ३२ औ वार्षिकोत्सवका अवसरमा काठमाडौमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी सूचना , सन्चार तथा प्रविधी र सहरी विकास मन्त्री गोकुल प्रसाद बास्कोटाले नगर प्रमुख घनश्याम पाण्डेलाई सम्मान गरेका हुन ।

आयोजनाको अवस्था,काम सम्पन्नको अवधि, आयोजनाको प्रतिफललगायतका विविध विषयमा आधारित रहेर आयोजनाको मुल्यांकन गरिएको कोषका कार्यकारी निर्देशक मनिराम सिंह महतले बताए । उनले तुलसीपुर उपमहानगरसंग मिलेर तत्काल अन्य योजना पनि अगाडि बढाउन लागेको जानकारी दिए ।