२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

वुहानमा रहेका नेपाली ल्याउन चीन जाँदै जहाज

काठमाण्डौं,
३ फागुन । कोरोना भाइरस कोभिड–१९ को प्रकोप रहेको चीनको वुहानबाट १ सय ८० नेपालीलाई आइतवारसम्ममा नेपाल ल्याइंदैछ ।

त्यसका लागि नेपाल वायुसेवा निगमको जहाज आज त्यसतर्फ प्रस्थान गर्दैछ । भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सरकारले उद्धार गरी नेपाल ल्याउन लागेको हो ।

नेपाल ल्याइए पनि उनीहरूले तत्काल आफन्त तथा साथीभाइसँग भेटघाट गर्न पाउने छैनन् । उनीहरूलाई सरकारले छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेर भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा राखिनेछ ।