२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

रेखा थापा ११ वजे नै हापुरे महोत्सवमा आउने

हापुरे,
३ फागुन । पश्चिम दाङको हापुरेमा माघ २८ गते देखी सुरु भएको हापुरे ब्यापारिक तथा पर्यटन महोत्सबको पाँचौ दिन आज फागुन ३ गते शनिबार नेपालकै चर्चित नायिका रेखा थापाको प्रस्तुती रहने बताइर्एको छ । चर्चित नायिका रेखा थापा आज शनिबार ११ वजे नै महोत्सव स्थलमा आईपुग्ने आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार नायिका रेखा थापा हिजो शुक्रबार नै घोराही आईपुगेको र अहिले बिहान ११ वजे नै महोत्सब स्थलमा आईपुग्ने बताइएको छ । आज रेखा थापा सहित अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने महोत्सव मुल आयोजक समितीका संयोजक मानबहादुर खर्लुकले बताउनु भएको छ ।

माघको २८ गतेदेखि पश्चिमदाङको हापुरेमा सुरु भएको पर्यटन तथा व्यापारिक महोत्सव दर्शकहरुको उल्लेख्नीय सहभागीताका साथ सञ्चालन भईरहेको छ । महोत्सवमा हिजो चर्चित लोकगायक शक्ति चन्द, हाँस्य कलाकार भटभटे माईला र स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

‘कला र संस्कृतिलाई संरक्षण गरौ, भ्रमण बर्ष २०२० लाई सफल पारौं घुम्न जाऔं हापुरे’ भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सवमा राष्ट्रिय रुपमा ख्यातीप्राप्त कलाकारहरु तथा स्थानीय कलाकारहरुले पनि बेजोड प्रस्तुती दिइरहेका छन् । बबई समृद्धि युवा क्लवको आयोजना र बबई मगर एकता युवा क्लव हापुरेको मुल आयोजनामा सञ्चालन भएको महोत्सव फागुन १० गते सम्म सञ्चालन हुने छ ।