२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

प्रियंका र आयुष्मानको विवाह फागुन १५ मा हुने

काठमाण्डौं,
३ फागुन । केहि समय यता प्रेम सम्बन्धका कारण विवाहको गसिपमा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले आउँदो फागुनमा विवाह गर्दैछन् । प्रेमको महिना फेब्रुअरीमै रहेर उनले विवाहको लागि फागुनको तेस्रो साता विवाह तय गरेकी हुन् । गत वर्ष इन्गेजमेन्ट गरेकी प्रियंकाको विवाह कहिले भन्ने प्रश्नकै विच उनले व्याचलर पार्टी मनाएपछी विवाहको संकेत भएको थियो ।

प्रियंका र आयुष्मानले आउँदो फागुन १५ मा लगनगाँठो कस्न लागेका हुन् । यी दुइले सामाजिक सञ्जाल मार्फत यसको घोषणा गरेका छन् । ‘हाम्रो परिवारका सबै सदस्यलाई जम्मा गरेर गर्ने भनिएकै कारण समय लागेको हो’ प्रियंकाले भनिन् । उनले इन्गेजमेन्टपछी आफ्नो र आयुष्मानको सम्बन्धमा झनै प्रेम झाँगिएको बताउदै विवाहको लागि सहि समय आएको बताइन ।