२०७८ असोज ३० गते शनिवार
२०७८ असोज ३० गते शनिवार

प्रेस युनियन बाँकेको अध्यक्षमा अर्जुन वली निर्वाचित

बाँके,
फागुन ३ । प्रेस युनियन बाँकेमा नयाँ नेतृत्व आएको छ । शुक्रबार भएको निर्वाचनबाट अध्यक्षमा अर्जुन वली र सचिबमा बिजय मल्ल निर्वाचित हुनुभएको छ । सहमतिमा नेतृत्व टुंग्याउने प्रयास भएपनि असफल भएपछि शुक्रबार निर्वाचन भएको थियो । अध्यक्ष पदका लागि नवीन गिरी, अर्जुन वली र चेतकान्त भट्टराई त्यस्तै सचिव पदमा प्रीया स्मृति ढकाल र बिजय मल्लले उम्मेद्वारी परेको थियो ।

जम्मा २ सय ७ मतदाता रहेको बाँके प्रेस युनियनको निर्वाचनमा १ सय ५८ मत खसेकोमा अध्यक्ष पदका उम्मेदवार अर्जुन वलीलाई ७७, चेतकान्त भट्टराईलाई ४० र नवीन गिरिलाई ३८ मत परेको थियो । त्यसैगरी सचिब पदका उम्मेदवार बिजय मल्ललाई ८८ र प्रीया स्मृति ढकाललाई ६४ मत परेको निर्वाचन संयोजक प्रभाकर भट्टराईले जानकारी दिनुभयो ।

अन्य पदाधिकारी र सदस्य पदमा भने यस अघि नै निर्बिरोध निर्वाचित भइ सकेका थिए । उपाध्यक्ष (खुल्ला) मा समिरमान श्रेष्ठ, उपाध्यक्ष (समावेशी/महिला) मा बिनयराज त्रिपाठी, सहसचिव (समावेशी महिला) मा लक्ष्मी चौधरी, कोषाध्यक्षमा मधु पौडेल निर्बिरोध निर्वाचित हुनुभयो ।

त्यसैगरी सदस्य (खुल्ला) मा रबिन्द्र घिमिरे, रामबहादुर रावत र कमल केसी, सदस्य (महिला) मा संगीता पाठक (सन्ध्या शर्मा), लक्ष्मी गौडेल, सदस्य (जनजाति) मा दिपक कुमार राई र गणेश बहादुर राई, सदस्य (पिछडिएको) मा नरेन्द्र सिंह र सदस्य (मधेसी) मा नन्दलाल साहु निर्विरोध निर्वाचित हुनुभयो ।