शान्तिनगर,
३ फागुन । शान्तिनगर गाउँपालिकाले अध्यक्षकप खेलकुद प्रतियोगितालाई यो पटक पनि निरन्तरता दिएको छ । फागुन ७ गते देखि हुन लागेको तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता शान्तिनगर ३ को पातेटाकुरामा हुन लागेको छ ।शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिँह डाँगीको अध्यक्षतामा बसेको बैठकले खेल कार्यक्रमहरु सार्बजनिक गरेको छ ।
जस अन्तरगत अध्यक्षकपमा वडा स्तरीय फुटबल, भलिबल, क्रिकेट, कुर्सि दौड महीला, घैटोफोड र सटफुड हुने भएको छ । त्यसै गरी बिद्यालय तर्फ ९ देखि १० सम्मको हाजीरी जवाफ, आधारभुत तर्फ १ देखि ५ सम्म लोक नृत्य र ६ देखि ८ सम्म गणित दौड प्रतियोगिता हस ने जनाइएको छ ।
त्यसै गरी वडा स्तरीय लोक दोहोरी प्रतियोगिता र गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारी र शिक्षक बिच भलिबल प्रतियोगिता हुने तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिताका सँयोजक बुद्धिराम तिवारीले जनाएका छन । खेलकुदलाइ भब्य र सब्य रुपमा सफल बनाउन गाउँपालिकाले सबैमा अनुरोध समेत गरेकोछ ।