२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सल्यान,
३ फागुन । सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार बेलुका करिव ७ बजेतिर बागचौर नगरपालिका वडा नं. ९ स्थित धामीढुङ्गामा ना ६ ख ९२१३ नम्वरको ट्रयाक्टर घुम्तिमा मोड्न नसकेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

रौतहट जिल्लाको सन्तपुर नगरपालिका वडा नं. ६ निवासी ४८ बर्षीय आशिक महोमदको घटनास्थलमै मृत्यु भएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

मृतक मोहमद ट्रयाक्टरमा एक्लै रहेको प्रहरीले बताएको छ । उनी गाउँ गाउँमा डुलेर शिरक डसना बनाउने काम गर्ने व्यक्ति रहेको पनि प्रहरीले जानकारी दिएको छ ।