२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

कथा : पश्चाताप

देबी भण्डारी ।
माया, माया, माया, जहा जाउ जो संग बोलौं जसरी बोलौं कुरा माया कै हुन्छ । आमा सँग २ दिन बोलिएन भने सान्तानले माया मारे, त्यस्तै बाबा, दाजु भाई, दिदि बहिनी, साथि भाई अचम्मको माया हेर्नेु त कति सजिलै सबै ठाउँमा पुग्छ । साँच्ची माया शब्द कसरी बने होला है सम्झिनु त । तपाई पनि सोच्नु हुन्छ होला है म जस्तै । म सबैलाई माया गर्छु , फेरी मान्छेहरु मलाई भन्छन मायामा पर्यौ क्या हो । सम्झिदा तँ कसम एक्लै भए पनि मुक्कुाउन मन लाग्छ । यति भन्दै गर्दा तपाईलाई लाग्न सक्छ, के कुरा गरेको होला भनेर । अचम्म नमान्नु होला । केही मायाका कुरा गर्दैछु । प्रेम दिवसको सन्दर्भमा । माया लाउन दिवस कुर्दा के हुन्छ त ?

म कथा सुनाउदै छु तपाईहरुलाई परिवार समाज र आफन्त विचकै मायाको । साँच्ची भनौं भने प्रेम दिवसको दिनमा शुरु गर्छु भनेर लगाइने मायाको एक जोडी थियो रुमा र रुपेशको, जाउँ न त उनीहरु कै प्रेम कहानीमा ।

रुमा र रुपेश एकदमै मिल्ने साथी हुन् । सानै देखी एउटै कक्षामा पढ्दै आएका हुन । असाध्यै मिलनसार पनि छन । जब उनीहरु कलेज पढ्ने भए रुमा ले माया नभएझैं गरेर माया गरेपनि रुपेश भने रुमा लाई खुलेरै माया गर्न थालेको छ । तर उसलाई माया गरे पनि कसरी रुमा सम्म यो कुरा पु¥याउने ? यसै भनौं भने मजाक मा उडाउँछे थाहा छ, अव म नभनी पनि त बस्न सक्दिन रुपेशको मनमा अनेक प्रश्न आउन थाल्छ । अनी उसले अठोट गर्छ । अरु दिनमा भनेको हाँसो मजाकमा उडाए पनि प्रेम दिवसको दिनमा मैले मायाको कुरा खोले भने पक्कै पनी सिरियसमा लिनेछ भन्ने मनमा आशा पालेर प्रेम दिवस कुरीरहेको हुन्छ । तर उनीहरुको दैनिक जसो कलेजमा भेट भने भईराखेको हुन्छ । किनकी उनीहरु संगै पढीरहेका छन् । माया त माया हो नी है जो एकतर्फी होस् या दुईतर्फी ।

कति खुशी थियो, रुपेश । एकतर्फि भएता पनि मायामा कलेज कै बोलचाल, कलेज कै भेटघाट कति रमाईला थिए ति दिनहरु । दिनहरु वितेको पत्तै भएन । कलेज सकिने बेला हुनु, रुपेशले रुमा लाई मन पराउनु । आहा ! क्या गज्जवको कलेज जीवन सम्झिंदा पनि एक किसीमको आनन्द महसुस हुने । समय वितेको पत्तै भएन । रुपेश प्रेम दिवस कुर्दै थियो । उता रुमा को भने घरमा विहेको कुरा चलिराखेको थियो । रुपेशलाई त्यो कुरा थाहा नै थिएन । थाहा होस पनि कसरी रुमा ले उसलाई क्लास मेट मात्र ठान्थी । उसलाई पनि त थाहा थिएन नी । रुपेशले मन मनै मन पराएको कुरा । साँच्ची तेसै माया भनिएको होईन होला है, रुमा को विहेको कुरा चल्यो । नेपाल बाहिर बस्ने केटा । हाम्रो समाजमा बहीर बस्ने भनेपछि छोरीलाई सुख हुने सपना देख्दै छोरी दिने चलन छ ।

हो त्यस्तै भयो रुमा को जीवनमा पनी । फागुणको प्रेम दिवस कुरेको रुपेशले माघमै रुमा को विहेको निम्तो पायो । छाँगाबाट खसेझैं भयो रुपेश। के सोचेको के भयो उसको मनमा । दिन वित्दै गयो रुमा को विहे भयो । विहे नै हुने भए पछि मनको कुरा भन्नै सकेन । अब भन्ने कुरा पनि भएन । रुमा को विहे भयो । सुरु सुरुमा सबैको राम्रै सम्वन्ध हुन्छ । रुमा र उसको श्रीमानको पनि राम्रै थियो । कति सम्म त रुपेशले मन बुझाउन सकेन विस्तारै भुल्दै गयो, माया त माया हो नजिक नै नभए पनि लाग्ने के ? उ अब माया भन्दानी जीवनमा कसरी सफल बन्ने, भन्ने मात्र सोचि रहन्थ्यो । रुमा घर चलाउन अनि रुपेश जीवन बनाउन ब्यस्त भए । को कहाँ छ ? एक अर्कालाई पत्तै थिएन । रुमा भने बेला बेला माईती आउँदा सम्झिन्थि रुपेशलाई । किन की बालापन त संगै वितेको थियो उनीहरुको । राम्रै चलेको थियो रुमा को घर संसार ।

तर समयको के भर छ र ? मिलेको घर संसार विग्रन समय लागेन । रुमाको श्रीमान को विदेश मा अर्कि श्रीमती भएको भन्ने हल्ला चल्छ । तर रुमालाई विश्वास लागेको थिएन । विश्वास पनि कसरी लागोस विदेश पुगे पछि भिजापठाउने र श्रीमान श्रीमती संगै बस्ने सपना जो बुनेकी थिई ।

श्रीमानले पनि माया गरेझै गथ्र्यो । हल्ला चलेपनि हल्लाको पछि नलाग्न पटक पटक सुझाउँथ्यो । रुमा पनि श्रीमानको कुरामा विश्वास गर्दे बसेकी थिई । नभन्दै एक दिन रुमाको श्रीमानको अर्के श्रीमती संगको तस्विर वाहिरियो । अव रुमाको सपना खुसी सबै चकनाचुर भयो । बोलीमा विश्वास गरेको श्रीमानको भरोसा तोडियो । घरकाले जती माया गरे पनि आफ्नो भन्ने नै टाढिए पछि कसको के लाग्छ र ? रुमा ले माईती बस्ने सोच बनाउँदै भाग्यलाई दोश दिंदै माईत पुगी । छोरीको संसार उजाडिएको कुन बाबु आमाको मनले स्वीकार्न सक्छ र ?

रुमा को बाबु आमा पनि आँखाबाट आँसु खासाल्दै भाग्यलाई नै दोषी माने । पश्चाताप मान्दै आफूलाई धिर्काछन् । तर यहाँ भाग्य दोषि कदापी थिएन किनकी केही नबुझी धनको बलमा छोरी अर्कालाई सुम्पिदाको प्रतिफल थियो ।

यति भईरहँदा रुपेशलाई भने केहि थाहा नै थिएन । उ आफ्नै दैनिकीमा व्यस्त थियो । पढाई सकेर राम्रो जव पनि पाएको थियो । तर रुपेशले विहे भने गरेको थिएन । भनिन्छ एक कान दुई कान मैदान एक दिन रुमाको बारेमा रुपेशलाई थाहा भयो । उसलाई रुमा संग छुटिदा भन्दा उसको जीवनमा आएको भुईँचालोले धेरै पिडा दियो । यस्तै भईँरहदा रुपेश रुमा को मोवाईल नम्वर पत्ता लगाई फोन गर्ने कोसीस गर्यो । तर धेरै पटक सकेन । तर उसले आँट गर्यो अनि फोन लगायो ।

रुमा फोन उठाउँछे पहिले त चिन्दा पनि चिन्दिन ।

रुमाः हेल्लो को हुनु हुन्छ ?किन नबोल्नु भएको ? (रुपेशको आँखाबाट आँशु सिवाय अरु शब्द निस्किएन)
रुपेशः के छ खवर सन्चै छौ ?
रुमाः म ठिक छु । तपाई को हुनुहुन्छ ?
रुपेशः म रुपेश चिनेनौ ? (रुमा को बकोली बन्द भयो) के भयो किन नबोलेको ? (रुमा ले साहस बटुल्दै बोल्ने आँट गरी)
रुमा : ठिक छ तिम्रो के छ ? आज कसरी सम्झीयौ मलाई
रुपेश : सम्भनलाई विर्साु पर्छ होईन र ? मैले तिमिलाई विर्सेकै छैन ।
रुमाः तिम्रो ठट्टा गर्ने वानी अझै गाको छैन है ?
रुपेशः म मान्छे नै त्यहीँ हो त कसरी जावस मेरो बानी ?

यस्तै कुराहरु भयो उनीहरु विच । रुपेश पनि सोध्न नसकेर रुमा को पारिवारिक जीवन अनी भन्न सकिन रुमाले पनि आफ्नो पिडा फेरी फोनमा कुरा गर्ने भन्दै फोन राखे । विस्तारै उनीहरुको कुराकानी धेरै हुन थाल्यो । उनीहरु नजिकींदै जान थाले । रुपेशले रुमा लाई फोनमै भए पनि हँसाउने कोसिस गरि रहन्थ्यो । बोल्दै जाँदा एक दिन भेट्ने कुरा भयो । भेट भयो उनीहरुको रुमा को विहे पछिका सबै कुरा खोल्न थाले ।

लामो कुराकानी भयो एक अर्को विच । दिनहुँ कुरा हुन थाल्यो । यतिकैमा रुमाको श्रीमान पनि विदेशबाट आयो विस्तारै । माईत बसेपनि कानुनी नजरमा कसैको श्रीमती थिइ रुमा । अर्के संसार बसाएको श्रीमान संग अलग्गीयर बस्ने अठोट लिई । अनी अदालतमा मुद्धा दर्ता भयो । दुबैको चाहाना बमोजिम सम्वन्ध विच्छेद भयो । अव रुमा नितान्त एक्लै थिइ । रुपेशको मनमा रुमा प्रतिको प्रेम झन मौलाएको थियो । रुममा पढाईलाई निरन्तर गरेर अगाडि बढाउने कोसीस गर्छे । रुपेशले पनि उस्लाई पढ्न उक्साउछ ।

२ वर्ष पछि
रुमा मास्टर्स सक्काउँछे र जागीरको खोजीमा हुन्छे । रुपेश भने मालिक भैसकेको हुन्छ । रुपेशकै अफीसमा जव पनि मील्छ रुमालाई । झन नजिक हुने समय आयो । भनिन्छ पहिलो माया पहिलो हो । अव त रुपेशले प्रेम दिवस नकुरी रुमालाई प्रेम प्रश्ताप राख्छ । रुमा पनि धेरै नसोची रुपेशलाई साथ दिने निर्णयमा पुग्छे । उनीहरुको कोटमा विहे हुन्छ र सामान्य तरिकाले जीवन हाँसीखुसी बिताउँछन ।

अन्त्यमा
अँझै पनि हामी भ्रममा छौं विदेश जाने धेरै कमाउनेसंग मात्र जीवन सुरक्षित हुन्छ भन्ने त्यसैको परिणाम कँयौ छोरीहरु चहाना विपरीत विहे गरेर चाहाना विपरित नै छुटिन बाध्य भएका छन् । कसैले सोच्दैन कि अन्जानसंग विहे गरेर जाने छोरीको जीवन सुखमा छ, या पिडामा वितेको छ । धनको आडमा सन्तान सुम्पिने नगरौं सन्तानको खुसीको ख्याल गरौं । सन्तानले पनि परिवारको खुसी भन्दै आफ्नो जिवन बर्वाद नगरौं । परिवारको खुसीलाई ख्याल गर्दे सहि केहो छुट्याउँदै जीवनको निर्णय लिउँ । ताकि पछि कथाको पात्र जस्तै पछुताउन नपरोस ।