२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

फिल्म मेरो फिल्म होइन अभियान हो : रेखा थापा

दाङ,
३ फागुन । लोकप्रिय नायिका, निर्मात्री तथा निर्देशक रेखा थापाले आफुले बनाउने हरेक फिल्मले समाजको अवस्था बोल्ने बताएकी छिन् । चलचित्र पत्रकार संघ नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आफुले अभिनय तथा निर्माण गर्ने हरेक फिल्ममा देशका महिलाले पुरुष बराबरकै हैसित बनाउन सक्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दै देशका हरेक महिलालाई सशक्त बनाउने खालका हुने अर्थात् आफ्नो फिल्म, फिल्म नभई समाज परिवर्तनको अभियान भएको बताएकी छिन्।

चलचित्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा रेखाले फिल्म क्षेत्रमा पनि अनुभवको आवश्यकता भएको बताइन्, उनले भनिन्अरु ‘क्षेत्रमा काम गर्दा जसरी अनुभव भएकालाई पहिलो प्राथमिकता दिइन्छ, त्यसरी नै फिल्म क्षेत्रमा पनि अनुभवीलाई स्थान दिइयो भने नेपाली सिनेमाले फड्को मार्न समय लाग्दैन ।’ साथै पत्रकारले राखेको अर्को एक जिज्ञासामा रेखाले आफुलाई हाल रिक्त रहेको विकास बोर्डको अध्यक्ष भएर आउने कुनै चाहाना नभएकाले अहिले चर्चामा रहेका मध्यबाट बोर्ड प्रमुख जो भएपनी आफुलाई स्विकार्य भएको बताइन्।

चलचित्र पत्रकार संघ नेपाल दाङका निवर्तमान अध्यक्ष ध्रुवराज न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा उनले गिरिजा बाबू र प्रचण्डको राजनीतिबाट प्रभावित भएर आफुपनी राजनीतीमा होमिएको समेत बताइन्। कार्यक्रमको सहजिकरण संघका उपाध्यक्ष सन्तोष केसीले गरेका थिए ।