हापुरे,
३ फागुन । पश्चिम दाङको हापुरेमा माघ २८ गते देखी सुरु भएको हापुरे ब्यापारिक तथा पर्यटन महोत्सबको पाँचौ दिन आज फागुन ३ गते शनिबार नेपालकै चर्चित नायिका रेखा थापाले आफ्नो प्रस्तुती दिएकी छिन् ।
महोत्सवमा आज चर्चित नायिका रेखा थापा, लोकदोहरी गायिका लक्ष्मी कार्की, डान्सर आशिका रजौरे, मोडल सन्ध्या मगर र गायक राजबाबु शाही सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहेको महोत्सव मुल आयोजक समितीका संयोजक मानबहादुर खर्लुकले बताउनु भएको छ ।
माघको २८ गतेदेखि पश्चिमदाङको हापुरेमा सुरु भएको पर्यटन तथा व्यापारिक महोत्सव दर्शकहरुको उल्लेख्नीय सहभागीताका साथ सञ्चालन भईरहेको छ ।