घोराही
३ फागुन । विभिन्न पार्टीहरुको संयुक्त आन्दोलन समितिले भारतले मिचेको नेपाली भूमी फिर्ता हुनपर्ने र अमेरिकी सहयोग एमसीसी खारेजको माग गरेका छन् । दाङमा क्रियाशिल विभिन्न ५ राजनितिक पार्टीहरुले आज घोराहीमा भारतले मिचेको भूमि फिर्ता र अमेरिकी सहयोग एमसीसी खारेजको माग गर्दै प्रर्दशन सँगै सभा गरेका हुन् ।
राष्ट्रिय जनमोर्चा, नेकपा माओबादी क्रान्तिकारी, नेकपा मसाल, नेकपा माले र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको संयुक्त आन्दोलन समितिले नेपालको राष्ट्रियतामा कुनै पनि हस्तक्षप स्विकार्य नहुने बताएका छन् ।
सिमा मिचेर भारतले विस्तारबादलाई कायम राखेको र विभिन्न सहयोगको नाममा अमेरिकाले एमसीसी पास गराउन खोजेको भन्दै दुबै कदम स्विकार्य नहुने चेतावनी दिएका छन् ।