२०७८ भाद्र २४ गते बिहिवार
२०७८ भाद्र २४ गते बिहिवार

ज्येष्ठ नागरिकलाई झुल तथा फलफुल वितरण

दाङ
३ फागुन । घोराही उपमहानगरपालिका वडा नं. ५ बसन्तापुरमा रहेको हाईलाईट इंग्लिस बोर्डिङ स्कुलले बार्षिक उत्सवका अवसर ज्येष्ठ नागरिकलाई झुल र फलफुल वितरण गरेको छ ।विद्यालयले २१औं बार्षिक उत्सवका अवसरमा आज घोराही उपमहानगरपालिका वडा नं. १६ तेरौटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रका रहेका बृद्धवृद्धाहरुलाई झुल र फलफुल वितरण गरेको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रेम केसी, विद्यालयका प्रिन्सीपल कुमार नेपालीलगायत विद्यार्थीहरुले सयुक्त रुपमा झुल र फलफुल ज्येष्ठ नागरिकहरुलाई सहयोग गरेका थिए ।विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धआश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई गर्मी मौषममा मच्छडबाट बचाउनका लागि आवश्यक पर्ने झुल वितरण गरेको विद्यालयका प्रिन्सीपल कुमार नेपालीले जानकारी दिएका छन ।

प्रिन्सीपल नेपालीका अनुसार वृद्धआश्रममा बस्दै आएका १६ जना ज्येष्ठ नागरिकलाई १–१ थान गरेर १६ थान झुल सहयोग गरेको हो । सहयोगसँगै वृद्धआश्रममा बस्दै आएका ज्येष्ठ नागरिकसँग विद्यार्थीहरुले अन्तरक्रिया गरेको विद्यालयका प्रिन्सीपल नेपालीले जानकारी दिएका छन । कार्यक्रमा प्रिन्सीपल नेपालीले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।