२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

व्यवसायीक एकता आवश्यक

रगैजा,
३ फागुन । सिलाई व्यवसायमा व्यवसायिक एकता आवश्यक रहेकाे एक कार्यक्रमका सहभागिले जाेड दिएका छन् ।

सिलाई तथा कपडा व्यवसायी संघ शान्तिनगरकाे आयाेजनामा शान्तिनगर ५ रगैजामा भएकाे सिप सप्ताह उदघाटन तथा जिल्ला सम्मान कार्यक्रम बाेल्ने बक्ताहरू व्यवसायी एकता भए मात्र अगाडि बढ्न सक्ने बताए । पछिल्लाे समयमा सिलाई व्यवसाय आम्दानिकाे गतिलाे माध्यम बन्दै गएकाे भन्दै व्यवसाय प्रति जिम्मेवार भएर काम गर्नुपर्ने बताएका थिए ।

सिलाई तथा कपडा व्यवसायी संघ शान्तिनगर अध्यक्ष राजेन्द्र परियारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सिलाई तथा कपडा व्यवसायी संघ दाङका अध्यक्ष चुर्ण बहादुर परियारले बैधानिक रूपमा केहि समय अगाडि जिल्ला प्रशासनमा संघ दर्ता भएकाे बताउदै सिलाई तथा कपडा व्यवसायीहरूकाे हक हितमा संघले काम गर्ने बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेकाे परियारले व्यवसायीहरू फुटेर नभएर जुटेर अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रमा विशिष्ट अथितिहरू जिल्ला उपाध्यक्ष झपेन्द्र सिं चित्रकार, सचिव कमल परियार, शान्तिनगर गाउँपालिका वडा नं ५ वडा अध्यक्ष गिरिराज बस्नेत र दाङ जिल्ला उद्याेग बाणिज्य संघ शान्तिनगर शाखा अध्यक्ष ज्ञानेन्द्रराज शर्माले सिलाई व्यवसायलाई मर्यादित बनाउँदै ग्राहककाे मन जित्नु पर्ने बताए । पेशागत दक्षता बनेर सिलाई व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका थिए ।

यस्तै कार्यक्रममा जिल्ला काेषाध्यक्ष सन्ताेष नेपाली, सहसचिव हर्ष बहादुर नेपाली, सदस्य पार्वता नेपाली, लाेक बहादुर छिनाल, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दाङका सचिव शेर बहादुर परियार, सिलाई तथा कपडा व्यवसायी संघ लमहीनगर अध्यक्ष प्रदिप परियार, राप्ति गाउँपालिका अध्यक्ष ठगेन्द्र परियार लगाएतले बाेलेका थिए । सिलाई तथा कपडा व्यवसायी संघ शान्तिनगरमा आबद्ध व्यवसायीहरूकाे सिलाई क्षमता बृद्धि गर्नका लागि सिप सप्ताह तालिम सुरू भएकाे हाे । सिप सप्ताह तालिमकाे प्रशिक्षकमा लेभल टु प्रशिक्षक उमेश परियार रहेका छन भने तालिममा २० जनाकाे सहभागिता रहेकाे छ ।

संघकी उपाध्यक्ष जानकी नेपालीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रम सहजिकरण प्रेम पुनले गरेका थिए ।