२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

चीनको वुहानबाट १ सय ७५ नेपाली काठमाण्डौ आइपुगे

काठमाण्डौ,
४ फागुन । चीनको वुहान शहरमा रहेका एक सय ७६ जना नेपालीलाई नेपाल ल्याइएको छ । कोरोना भाइरस फैलन सुरु भएको वुहानमा रहेका नेपालीहरु नेपाल एअरलाइन्सको चार्टर विमानमार्फत आज बिहान ४ बजेतिर काठमाण्डौ आइपुगेका हुन् ।

आवेदन दिएका १ सय ८५ मध्ये ६ जनाको स्वास्थ्यमा समस्या आएपछि उनीहरु चीनमै रोकिएका छन् भने ४ जनाले नेपाल फर्कन अस्वीकार गरेका चीनमा रहेको नेपाली दुतावासले जनाएको छ ।

१ सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन् । उनीहरु बिहान ४ बजेतिर त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल अवतरण भएका छन् ।

चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि १ सय ३४ जना पुरुष र ४१ जना महिलासहित १ सय ७५ जना नेपाल ल्याइएको हो ।

वुहानमा रहेका नेपालीहरु लिन एअरलाइन्सको ए ३३० विमान शनिबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

यसैबीच सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट आइतबार राति नेपाल ल्याइएका नेपालीहरुलाई १५ दिनसम्म खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेण्टाइनमा राख्नेछ ।