२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

हापुरे महोत्सवमा आज अञ्जली अधिकारी र कृष्ण रेउले

हापुरे,
४ फागुन । बबई समृद्धि युवा क्लवको आयोजना र बबई मगर एकता युवा क्लव हापुरेको मुल आयोजनामा माघको २८ गतेखि पश्चिमदाङको हापुरेमा सुरु भएको पर्यटन तथा व्यापारिक महोत्सव दर्शकहरुको उल्लेख्नीय सहभागीताका साथ सञ्चालन सञ्चालन भईरहेको छ ।

‘कला र संस्कृतिलाई संरक्षण गरौ, भ्रमण बर्ष २०२० लाई सफल पारौं घुम्न जाऔं हापुरे’ भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सवमा राष्ट्रिय रुपमा ख्यातीप्राप्त कलाकारहरु तथा स्थानीय कलाकारहरुले पनि बेजोड प्रस्तुती दिइरहेका छन् ।

शनिबार महोत्सवमाचर्चित नायिका रेखा थापा, लोकदोहोरी गायिका लक्ष्मी कार्की, डान्सर आशिका रजौरे, मोडल सन्ध्या मगर र गायक राजबाबु शाही सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहेको महोत्सव मुल आयोजक समितीले जनाएको छ ।

महोत्सवमा आज फागुन ४ गते राष्ट्रिय रुपमा चर्चित मोडल अञ्जली अधिकारी, लोक गायक कृष्ण रेउले, गायिका कला लम्साल, विजय पुन, लोक गायक राजबाबु शाहि लगाएत स्थानीय कलाकारहरुको प्रस्तुती रहने महोत्सव मुल आयोजक समितीले जनाएको छ ।