२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

योजनाको अवस्थाका वारेमा अनुगमन

तिर्थराज ज्ञवाली,
मसुरीया ४ फागुन । राप्ती गाउँपालिका वडा नं ३ र ६ का केही योजनाको अवस्थाका वारेमा अनुगमन गरिएको छ ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, कार्यपालिका सदस्य तारा चौधरी, ईन्जिनियर अशोक वेल्वासे, सव ईन्जिनियर विमला भट्रराई लगायतको टोलीले वडा नं. ३ को घण्टदेव नजिकै सामुदायिक भवन, पक्की नाली तथा वाटोको स्तर उन्नतिको अवस्था को अवलोकन गरिएको हो ।

वडा अध्यक्ष बेद प्रसाद चौधरी तथा निर्माण समितिका अध्यक्ष एव सदस्य सहितको वडा नं ६ सगरापुरको नाली तथा वाटोको स्तर उन्नतिको अवस्था को समेत अवलोकन गरिएको छ । अवलोकन पश्चात निर्माण योजनाको गुणस्तर र अवस्थाका वारेमा तथा कमी कमजोरीका वारेमा निर्माण समिति तथा उपभोक्तालाई जानकारी समेत गरिएको छ ।