शरद रेग्मी,
फागुन ४ दार्चुला । नेपाल उद्योग बाणिज्य महासंघको जम्बो टिम पश्चिम नेपालका बिभिन्न जिल्लामा चुनाबी प्रचार प्रसारमा जुटेको छ । चैत्र महिनाको अन्तिम साता हुन गैरहेको आसन्न निर्बाचनमा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र प्रसाद ढकालको नेतृत्वमा महासघका पुर्ब अध्यक्ष सहितको जम्बो टिम देश दौडाहामा रहेको छ ।
चुनाब प्रचार प्रसारका लागि ढकाल सहित अन्य बिभिन्न पदका उम्मेदवार सहितको टिम, महासंघका पदाधिकारी, केन्द्रिय सदस्यहरु, जिल्ला नगरका अध्यक्षहरु र बिभिन्न प्रदेशका प्रमुखहरु सहित देश दौडाहमा निस्किएको हो । सो अबसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरु रावत , केन्द्रिय सदस्य पदका उम्मेदवार बिमल रिजाल, किशोर आचार्य सहित बिभिन्न जिल्ला तथा नगरका उद्योगी ब्यबसायी एंव महासंघका नेताहरु देश दौडाहमा निस्किएको बाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले बताए ।
टिममा प्रदेश ५ का अध्यक्ष एंव जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार गुणनिधि तिवारी सहितको जम्बो टिम बिभिन्न जिल्लाका उद्योग बाणिज्य संघका प्रतिनिधिहरुसग भेटघाट गर्दै पश्चिम नेपालको सिमानामा पर्ने दार्चुला पुगेको छ । यस अघि डडेल्धुरा उधोग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा महासंघका उपाध्यक्ष एंव बरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफु देश भरी रहेका उद्योगी ब्यबसायीहरुको साथमा रहेको बताए । उपाध्यक्ष ढकालले आफु सबै दल र पार्टिका शिर्ष नेतृत्वसग राम्रो पहुँच स्थापित गर्न सफल रहेको भन्दै निजि क्षेत्रको निति निर्माण र ब्यबसायीक एजेण्डा स्थापित गर्न सहज हुने बताए ।
महासंघका बिशिष्ट सदस्य एंव पुर्ब अध्यक्ष चण्डिराज ढकाल सहितको समर्थनमा चन्द्र प्रसाद ढकालले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने निश्चित भए पछि उनी जम्बो टिम सहित देश दौडाहमा निस्किएका छन् । महासंघको बिधानमा बरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने प्राबधान रहेको छ ।