२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

शान्तिनगरमा स्वच्छ दुध उत्पादन तथा उपभोग सम्वन्धी तालिम

शान्तिनगर,
४ फागुन । शान्तिनगर गाउँपालिकामा स्वच्छ दुध उत्पादन तथा उपभोग सम्वन्धी एक तालिम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षता एवम् उपाध्यक्ष मिथिला शाहको प्रमुख आथित्यमा तालिम सम्पन्न भएको हो ।

शान्तिनगर गाउँपालिका भित्र दुध उत्पादन गर्दै आएका २५ जना किसानलाई उक्त तालिम दिइएको हो । तालिममा स्वच्छ दुध कसरी उत्पादन गर्न सकिन्छ, भन्ने विषयमा तालिम दिइएको थियो ।

तालिममा पशु शाखा प्रमुख देवराज आचार्य, नायक पशु सेवा प्राविधिक चित्र के.सी, नायक पशु सेवा प्राविधिक घनश्याम वली र पशु सेवा प्राविधिक अमर वलीले प्रशिक्षण दिएका थिए । कार्यक्रम सहजीकरण पशु सेवा प्राविधिक अमर वलीले नै गरेका थिए ।