२०७८ कार्तिक २ गते मङ्गलवार
२०७८ कार्तिक २ गते मङ्गलवार

बबई पब्लिकमा स्पोर्ट्स मिट सुरु

गोल्टाकुरी,
४ फागुन । दङ्गिशरण गाउपालिका २ गोल्टाकुरिमा रहेको बबई पब्लिक इङ्लिस स्कुलमा आजदेखी स्पोर्ट्स मिट २०७६ सुरु भएको छ । फाल्गुन ७ गते सम्म सन्चालन हुने स्पोर्ट्स मिटमा बिभिन्न्न १० वटा खेल प्रतियोगिता हरु समाबेस गरिएको विद्यालयका प्रधानाध्यापक सुवास वलिले जानकारी दिए ।

ग्रामिण क्षेत्रमा रहेर लामो समय देखी शिक्षाको क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आयको विद्यालयले आउँदो फाल्गुन ७ गते हुन गैरहेको बार्षिक उत्सबको अबसर पारी स्पोर्ट्स मिट कार्यक्रमको आयोजना गरि खेल क्षेत्रलाइ समेत महत्व दिएको भन्दै उद्घघाटन कार्यक्रमका प्रमुख अथिती दङ्गिशरण गाउपालिका २ न. वार्डका वार्ड अध्यक्ष समेत रहेका श्रीप्रसाद चौधरिले विद्यालयको प्रशसा समेत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन कुमार घिमिरेको अध्यक्षता तथा दङ्गिशरण गाउँपालिका वार्ड न. १ का वार्ड अध्यक्ष श्रीप्रसाद चौधरिको प्रमुख आथित्यता उद्घघाटन गरिएको कार्यक्रममा दङ्गिशरण गाउँपालिका २ का वार्ड सदस्य नन्दराम खत्री विद्यालयका प्रधानाअध्यापक सुबास वलि लगायतकाले आफ्ना भनाइ राखेका थिय, भने शिक्षिका सम्झना आचार्यको स्वागत मन्तव्य बाट सुरु भयको कार्यक्रमको सन्चालन शिक्षक मनिष चन्दले गरेका थिए ।