सिमठाना,
५ फागुन । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिव सुशिल बस्नेतले सरकारी विद्यालयको व्यवस्थापनमा सवैले चासो दिनुपर्ने बताउनु भएको छ । पछिल्लो समयमा सरकारी विद्यालयको अवस्था नाजुक बन्दै गएको भन्दै शिक्षाको ज्योति दिदै आएका सरकारी विद्यालयको व्यवस्थापनमा शिक्षकलाई मात्र दोष नदिएर अभिभावक, सरोकारवाला निकायले पनि ध्यान दिनुपर्ने बताउनु भयो ।
अपाङ्गता शसक्तिकरण केन्द्र नेपालको आयोजनामा दंगिशरण ७ स्थित रात्रि प्रावि सिमठानाका अपाङ्गता भएका तथा अन्य विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण कार्यक्रमाम उहाँले यस्तो बताउनु भयो । केन्द्रका अध्यक्ष रजनी शाहको अध्यक्षतामा भएको स्टेशनरी वितरण कार्यक्रमका प्रमुख अथिति समेत रहेका बरिष्ठ अधिकारकर्मी बस्नेतले अपाङग, गरिब, असाहय, दिनदुखिका सन्तानका भविष्य उज्जल बनाउने विद्यालयलाई व्यस्थित तरिकाले सञ्चालन गरेर शिक्षा ज्योति छर्न आग्रह गर्नुभयो ।
बालवालिकाले निःशुल्क पढ्न पाउने अधिकारका लागि सरकारी विद्यालयको उचित व्यवस्थापनमा ध्यान दिनु सवैको दायित्व रहेको बताउनु भयो । अपाङ्ग तथा असाहय विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेर अपाङ्गता शसक्तिकरण केन्द्र नेपालले उदाहरणिय काम गरेको बताउनुभयो । यस्तै कार्यक्रमका विशिष्ठ अतिथि केन्द्रका संरक्षक गजेन्द्र हमालले अपाङ्ग तथा असाहय विद्यार्थीको सहयोगमा संस्था निरन्तर लागेको बताउनु भयो । सवैले समानरूपमा निःशुल्क अध्ययन गर्न पाउनु पर्ने अधिकार सुनिश्चित गर्न सवैले साथ दिनु पर्र्न पनि बताउनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेक बहादुर हमाल र अभिभाभावक पोखर चौधरी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा २५ जना विद्यार्थीलाई कलम कापि र टिपिmन बक्स लगायत स्टेशनरी सामग्री वितरण गरिएको थियो । कार्यक्रममा समाजसेवी ८४ बर्षिय जेष्ठ नागरिक चन्द्रा हमालको पनि सहभागिता रहेको थियो । केन्द्रका सहसचिव बसन्ती वलीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीरण सचिव टिकाराम वलीले गर्नु भएको थियो ।