सल्यान,
५ फागुन । शारदा नगरपालिका ८ मार्केमा घाँस काट्ने क्रममा रुखबाट लडेर स्थानीय २१ वर्षीया कल्पना शर्माको मृत्यु भएको छ ।
घाँस काट्न रुख चढेकी उनी झन्डै १० मिटर माथिबाट खसेको आफन्तले बताएका छन् । रुखबाट आइतबार लडेकी उनको मृत्यु सोमबार भएको प्रहरीले बताएको छ । आइतबार उनी उचेत अवस्थामा थिइन् ।
जिल्ला अस्पताल सल्यानका डाक्टरहरुले छिटो उपचारका लागि काठमाण्डौ लैजान सल्लाह दिएका थिए । तर, आर्थिक अभावका कारण उनलाई काठमाडौं लैजान नसकेको आफन्तले बताए ।