काठमाडौं,
६ फागुन । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० का ऐच्छिक विषयहरुको पाठ्यक्रम परिमार्जन गरेको छ।
कक्षा ९ का इतिहास, भूगोल, नागरिक शासन, अर्थशास्त्र, समाजशास्त्र, जनसंख्या, वातावरण विज्ञान, कृषि, शिक्षा, कम्प्युटर, लेखापरीक्षण, फोटोग्राफी, स्वास्थ्य शारीरिक, ग्रामीण विकास विषयको परिमार्जन गरिएको पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले जनाएको छ।
पाठ्यक्रम विकास केन्द्रका अनुसार परिमार्जित ऐच्छिक विषय आगामी २०७७ सालदेखि नै देशैभर अनिवार्य रुपमा लागू हुनेछन्।
साथै कक्षा ९ को ऐच्छिक गणितको पाठ्यक्रम २ वर्षअघि नै परिवर्तन भई यसपल्ट एसईई पनि सोही अनुसार हुन लागेको जानकारी केन्द्रबाट प्राप्त भएको छ।